17.3k
Shares
काठमाडाैँ । एनएमबि बैंकले कम्पनीको २८ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले आव २०७९/८० सम्मको मुनाफाबाट कुनै पनि लाभांश नदिने भएको छ ।
बैंकको मङ्सिर २७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले पुस २६ गते बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस ६ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस ५ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।