झापामा मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगामुढा

17.4k Shares

काठमाडौँ ।  पहिचावादी समूहले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीविरुद्ध झापामा प्रदर्शन गरेको छ।मंगलबार झापाको दमकमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका मुख्यमन्त्री कार्कीलाई कालो भण्डा देखाउँदै पहिचानवादीहरुले प्रदर्शन गरेका हुन्।

यसक्रममा दमकस्थित एक पेट्रोल पम्पनजिक मुख्यमन्त्री कार्की सवार गाडीमा ढुङ्गा मुढासमेत प्रहार भएको बताइएको छ। इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक मनोज लामाका अनुसार प्रदर्शनकारीले प्रहार गरेको ढुंगा मुख्यमन्त्री कार्की सवार प्रदेश १ ०६–०० १ झ ०००३ नम्बरको गाडीको सिसामा लागेको छ।JHapa-1-768x593.png

लामाका अनुसार ढुगा प्रहार गर्ने प्रर्दशनकारीको खोजी तीव्र बनाइएको छ। सुरुमा सडक किनारमा कालो झण्डासहित उभिएर एक समूहले नारावाजी गर्दैगर्दा अर्को समूहले ढुंगा प्रहार गरेको हो।प्रदेशको कोशी नामाकरण खारेजीको माग गर्दै पहिचानवादी समूहले विभिन्न स्थानमा आन्दोलन चर्काउँदै लगेको छ।

सम्बन्धित समाचार