काठमाडौं, २४ बैशाख । आज नेपालमा कोरोना भाइरसका ९ हजार १ सय ९६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज २ हजार ९ सय ५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ९५ हजार ३ सय ९३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कोरोना संक्रमणबाट आज थप ५० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३५ सय ७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजसम्म २५ लाख ९८ हजार ४ सय ५ जनाको पिसीआर परिक्षण भएको छ भने ७८ हजार ६ सय २९ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको संंख्या ३८० रहेको छ ।