काठमाडौं- काठमाडौं महानगरपालिकाले साेमबार प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल सम्पन्न गरेको छ।२९ औं महानगर दिवस २०८० का अवसरमा दशरथ रङ्गशालामा आयोजना गरिएको खेलमा जनप्रतिनिधिको नेतृत्व प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गरेका थिए।महानगर दिवस, प्रतियोगिता सञ्चालन उपसमितिले खेलको आयोजना गरेको हो।
खेलको सुरुवात गर्दैै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले रेफ्री ओम न्पौपानेलाई र रेफ्री न्यौपानेले महानगरका प्रमुख शाह र उपप्रमुख एवं महानगर दिवस मूल समारोह समितिकी संयोजक सुनिता डंगोललाई फुटबल हस्तान्तरण गरेका थिए।खेलमा कर्मचारीकातर्फबाट जीवन थापाले ३ गोल र सविन लामाले २ गोल गरेका थिए। यसैगरी, जनप्रतिनिधिका तर्फबाट प्रेम थापाले १ गोल र नविन भण्डारीले २ गोल गरेका थिए।
जनप्रतिनिधि र कर्मचारी बिचको मैत्री खेल उदाहरण हो। यसले आन्तरिक समन्वयलाई बिम्बित गर्छ। खेल सकिएपछि मूल समारोह समितिकी संयोजक डंगोलले प्रतिक्रिया दिइन्।महानगर दिवसका कार्यक्रमअन्तर्गत २७ गते बाँसुरी बादन प्रतियोगिता, २८ गते गुरु सम्मान र २९ गते मूल समारोह हुनेछ।