ललितपुर । पुल्चोक इन्जिनियर क्याम्पस आईओईले मूल्य समायोजन नगरेको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका छन् ।
जबसम्म आईओईले मुल्य समायोजन गर्दैन तबसम्म नेपाल विद्यार्थी संघले आन्दोलन नराक्ने नेपाल विद्यार्थी संघ ललितपुरका अध्यक्ष सरोज घोर्साइनेले जानकारी गराएका छन् ।
आन्दोलनकै क्रममा आज बेलुका मशाल जुल्ुससमेत विद्यार्थीहरुले निकालेका छन् । हिजोसम्म कलम बोकेर आन्दोलनरत विद्यार्थीहरुले डिनले व्यवास्ता गरेका कारण आज बाध्य भएर मशाल जुलुस निकाल्नुपरेको र मूलयवृद्धि नघटाएसम्म आन्दोलन नरोक्ने नेविसंघका केन्द्रीय सदस्य विजय महतोले उद्घोष गरेका छन् । सो मशाल जुलुसमा नेविसंघका केन्द्रीय सदस्यहरु डा. नरेश भट्ट, राजेश काफ्ले, नेविसंघका चर्चित ¥यापर डीएनएक्सलगायतच सयौंको संख्यामा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सो मशाल जुलुस नेविसंघ ललितपुर जिल्लाको आयोजनामा पाटन ढोकादेखि पुल्चोक क्याम्पसभित्रै नै पसेर कोणसभामा परिणत भएको थियो ।