सांग्रिला डेभलपमेन्ट बैंकको १९ औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

18k Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आइतबार काठमाडौंको लैनचौर ब्याङ्क्वेटमा बैंकको सभा सम्पन्न भएको हो ।  

उक्त सभाले ८५ लाख ९८ हजार ९२५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो लाभांश बैंकको चुक्ता पूँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६ रुपैयाँको ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३ प्रतिशतले हुन आउछ ।  

हाल बैंकको मुलुकभर ११२ शाखा कार्यालयहरु र ३० एटिएम रहेका छन् । 

सम्बन्धित समाचार