सावित्रालाई काठमाडौँ युरोको सम्मान

16.7k Shares

काठमाडौँ । काठमाडौँ युरो स्कुल, गोंगबुले फुटबलर सावित्रा भण्डारीलाई शनिबार नगदसहित सम्मान गरेको छ । राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रालाई फुटबल खेलको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय जगत चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै नेपालको गौरव बढाएकोमा काठमाडौँ युरो स्कुलले आफ्नो स्पोर्ट्स मिटको समापनका अवसरमा सम्मान गरेको हो ।

काठमाडौँ युरोका अध्यक्ष प्रमोद पाण्डे, बोर्ड अफ डाइरेक्टर राजाराम पुडासैनी र ज्ञानेन्द्रमान जोशी, शैक्षिक निर्देशक डा। दीपक गुप्ता तथा भाइस प्रिन्सिपल राममणि पौडेलले सावित्रालाई नगद, प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी एक कार्यक्रमबिच सम्मान गरे । ‘साम्बा’ उपनामले चिनिने सावित्रा युरोपको व्यावसायिक फुटबल लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

सम्बन्धित समाचार