17.2k
Shares
काठमाडौँ । यो साता नेपाली बजारमा सुनचाँदीकै मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ८० रुपैयाँले घटेको जानकारी दिएको हो ।महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ थियो ।