18.4k
Shares
काठमाडौँ । उखु र गहुँको समर्थन मूल्य अझै निर्धारण हुन सकेको छैन । उखु र गहुँको समर्थन मूल्यको विषयमा छलफल भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता सवनम शिवकोटी अर्यालले जानकारी दिइन् ।कृषि विभागबाट उखु र गहुँको समर्थन मूल्य निर्धारणका लागि प्रतिवेदन मन्त्रालयमा पठाइसकिएको छ । उखु र गहुँको समर्थन मूल्य निर्धारणका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको उनले बताइन् ।