थुनामा रहेका पूर्वगृहमन्त्री खाँणलाई सम्मान

16.8k Shares

काठमाडौं । कांग्रेसको लुम्बिनी प्रदेश समितिको प्रदेश सम्मेलनमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सम्मान गरिएको छ । खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा जाँदा समेत निलम्बन नगरेको नेपाली कांग्रेसले उनलाई सम्मान गरेकाे हाे । कांग्रेसको लुम्बिनी प्रदेश समितिको प्रदेश सम्मेलन शनिबार बुटबलमा सुरु भएको छ, जहाँ खाँणलाई सम्मान गरिएको छ ।

सम्मानपत्र लिन बालकृष्णका भाइ रामकृष्ण मञ्चमा गएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले खाँणलाई सम्मानपत्र प्रदान गरे भने केन्द्रीय सदस्य शेखर कोइरालाले रामकृष्ण खाँणलाई खादा ओढाएका थिए । मञ्चमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर पनि थिए । यद्यपि खाँणलाई सम्मान गर्दा उनीहरु भने उठेनन् ।

सम्बन्धित समाचार