बसले ठक्कर दिँदा महिलाको मृत्यु

16.7k Shares

काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५, कुवामा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकी ७० वर्षीय कान्छीमाया घलान छिन् ।

काठमाडौंबाट चखेलतर्फ जाँदै गरेको बा२ख ७२७२ नम्बरको बसमा यात्रा गरी गएकी घलान उक्त बसबाट झर्ने क्रममा शनिबार टायरले ठक्कर दिँदा घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा बी एण्ड बी अस्पताल काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार