कीर्तिपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

13.9k Shares

काठमाडौं । कीर्तिपुरमा काठमाडौं मेडिकल कलेज(केएमसी) ले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। शुक्रबार सक्रिय युवा समूह र ग्रीनभ्याली सकेण्डरी स्कुलसँगको सहकार्यमा केएमसीले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो। 

उक्त शिविरमा सो क्षेत्रका ५६४ सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए।

दाहालका अनुसार शिविरमा ७५ जनाको इसिजी, १०३ जनाको ल्याब परीक्षण तथा ९७ जनाको भिडियो एक्सरे गरिएको छ। त्यस्तै, शिविरमा आएकामध्ये ९ जनाको दाँत खोलिएको र ४३ जनालाई ओटी रेफर गरिएको छ।

केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत गाउँगाउँ पुगेर निःशुल्क स्वास्थ्य शिविर चलाइरहेको छ।

शिविरमा अस्पतालका विशेषज्ञ चिकित्सकहरुसहित स्वास्थ्यकर्मीको टोलीले नाक कान घाँटी, आँखा रोग, दन्त रोग, नसा तथा हाडजोर्नी, जनरल मेडिसिन, स्त्री तथा प्रसुति रोग तथा बाल रोग सम्बन्धी स्वास्थ्य जाँच हुने गरेको छ।

हाल प्रतिनिधि सभाका सांसद केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष डा. सुनिलकुमार शर्माले गाउँगाउँमा स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य लिएर निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका थिए।

डा. शर्माको योजनाअनुरूप उक्त अभियानलाई अनवरत रूपमा अगाडि बढाइरहने केएमसीकी कार्यकारी अध्यक्ष सोइना शर्माले बताइन्।

सम्बन्धित समाचार