कान्तिलोकपथ समयमा नै बिस्तार नभए आन्दोलन गर्न बाध्य ः माननीय महर्जन

29.4k Shares

ललितपुर । राजधानीसँग जोडिएको सबैभन्दा छोटो राजमार्गको रुपमा रहेको कान्तिलोकपथ राजमार्ग स्तरउन्नति र सो राजमार्गमा पर्ने घरको क्षतिपूर्ति मुआब्जा सरकारले चाँडै नै उपलब्ध नगराए ललितपुरवासी आन्दोलनमा उत्रने भएका छन् ।
पछिल्लो समय कान्तिलोकपथ राजधानी बाहिर जाने छोटो राजमार्ग भएर सो राजमार्गमा सवारी साधनहरुको निकै नै चाप बढ्ने गरेको छ । स्तरउन्नति नभइसकेको र ठाउँठाउँमा साँघुरो कच्ची बाटो भएकै कारण कुनै पनि बेला सो राजमार्गमा सवारी दुर्घटना भई ठूलै मानवीय क्षतिसम्म हुनसक्ने सम्भावना रहेको छ । 
त्यसैलाई मध्यनजर गर्दै बागमती  प्रदेश सभा सदस्य माननीय मीनकृष्ण महर्जनले सरकारले चाँडोभन्दा चाँडो  कान्तिलोकपथ सडक छेउमा पर्ने घरको मुआब्जा सहित क्षतिपूर्ति उपलब्धर गराएर सडक बिस्तार र स्तरउन्नति नगरे सिङ्गो ललितपुर जिल्लावासीले सडकमै सुक्कुल ओछ्याएर सुतेर आन्दोलनमा उत्रन बाध्य हुने सांसद महर्जनले खोजतलासलाई जानकारी गराएका छन् ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय बी.पी. कोईरालाले सिल्यान्यास गरेको राजधानीबाट बाहिरी जिल्लामा जाने सबैभन्दा छोटो राजमार्ग कान्तिलोकपथ सडक झण्डै सात दशक बितिसक्दा पनि  सडक बिस्तार नभएकोमा माननीय महर्जनले चिन्ता ब्यक्त गरेका छन् । 
सांसद महर्जन दुःखेसो पोख्छन् कान्तिलोकपथ सडक निकै नै साँघुरो भएका कारण चापागाउँ, ठेचो, सुनाकोठिका स्थानीयबासी समयमा आफ्नो गन्तब्य पुग्न नसक्ने अवस्था छन् । प्रधानमन्त्री, मन्त्री र पहुँच वाला नेताहरुले आफ्नो जिल्लामा मात्र बजेट पार्ने गरेको र यत्रो संबेदनसिल बागमती प्रदेशको राजधानी हेटौंडा पुग्ने सबैभन्दा छोटो बाटो र दिनहुँजसो बागमती प्रदेशका मुख्य मन्त्रीदेखि मन्त्रीहरुको आवतजावत गर्ने बाटोको रुपमा रहेको सो राजमार्ग स्तरउन्नति र सडकमा पर्ने घरको मुआब्जाका लागि बजेट बिनियोजनसमेत नगरेको र हालसम्म पनि यसप्रति प्रधानमन्त्री, मन्त्रीले यसतर्फ खासै चासो नदेखाएको माननीय महर्जनले आरोप लगाएका छन । 
यसरी नै वर्तमान सरकार चल्दै जाने हो र कान्तिलोकपथ सडक बिस्तारमा प्राथमिकता नदिने हो भने सिङ्गो दक्षिण ललितपुर जिल्लाका जनताहरु आन्दोलनमा उत्रन बध्य हुने सांसद महर्जनले बताए । २०८९ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनमा मत माग्न जाने सम्पुर्ण जनताको माग भनेको नै कान्तिलोकपथ सडक बिस्तार गर्नुपर्ने माग रहेकोले अब समयमा नै सडक बिस्तार नभए त्यहि जनताको म्यान्डेट लिएर आन्दोलन उत्रन बाध्य हुने सांसद महर्जनले जानकारी गराएका छन् ।
सातदोबाटोबाट दुई घन्टामा हेटौंडा पुग्ने सबैभन्दा छोटो राजमार्गको रुपमा रहेको कान्तिलोथ राजमार्गको सडक स्तरउन्नति र विस्तार गर्न किन सरकारले चासो देखाएको छैन ? स्थानीय जनताहरुको प्रश्न रहेको छ । 

सम्बन्धित समाचार