मानवबेचबिखन तथा ओसार पसार कसुरमा गेष्टहाउसका सञ्चालक र म्यानेजर पक्राउ

15.2k Shares

काठमाडौँ । जनकपुरधाम – सप्तरी प्रहरीले गेष्टहाउसमा जबरजस्ती वेश्यावृति गराइरहेको आरोपमा गेष्टहाउका सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजविराज नगरपालिका–६ बस्ने ५७ वर्षीय अरुण चन्द्र मिश्र र म्यानेजर महादेवा गाउँपालिका २ बस्ने ४१ वर्षीय रामप्रकाश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

राजविराज–३ स्थित लक्ष्मी गेष्ट हाउसमा वेश्यावृति भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले महिलाहरुलाई बिभिन्न प्रलोभन देखाई जबर्जस्ती वेश्यावृति गराउने कार्य भईरहेको फेला पारेको प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिए।

पक्राउ परेका दुबै जनाविरुद्ध मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार