गौशालाका गेस्ट हाउसमा दुर्गा प्रसाईँका समर्थकहरु(तस्बिरहरु)

14.9k Shares

काठमाडौँ – पछिल्लो केही दिनयता व्यवसायी दुर्गा प्रसाईं समूहले काठमाडौँमा आन्दोलन गरिरहेको छ। आन्दोलनमा सहभागी हुन देशका विभिन्न ठाउँबाट आएकाहरु काठमाडौँका विभिन्न होटलहरुमा बसिरहेका छन्। तर, आज विरोध प्रदर्शनको कुनै कार्यक्रम छैन।

कार्यक्रम नहुँदा उनीहरु बिहानैदेखि आफू बसिरहेको होटलमै छन्। प्रसाईंको आन्दोलनमा सहभागी हुन तराईंका विभिन्न जिल्लाबाट लघुवित्त तथा सहकारी पीडितहरु पनि काठमाडौँ आएका छन्।

गौशालाको विजयचोकस्थति घरेलु होटल र सेभेल स्टार होटलमा बसेकाहरु आइतबार बिहान कोही खाना खाँदै गरेका देखिन्थे भने कोही खानाको लागि लाइनमा लागेका थिए। उनीहरुमध्ये अधिकांश महिलाहरु थिए। कोही भुइँमै म्याट ओछ्याएर सुतिरहेका थिए।

प्रसाईं समूहले बिहीबार काठमाडौँको बल्खुमा प्रदर्शन गरेको थियो। शुक्रबार तीनकुनेमा विरोध प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ गरेको थियो भने प्रसाईंलाई घरमै ‘नजरबन्द’मा राखिएको थियो। उनीहरुले शनिबार सिफल चौरमा प्रदर्शन गरेका थिए।Screenshot 2023-11-26 145903.png

Screenshot 2023-11-26 150144.pngScreenshot 2023-11-26 150124.pngScreenshot 2023-11-26 150017.png

सम्बन्धित समाचार