सञ्चारमन्त्री शर्माले भनिन् महिला चलचित्रकर्मीको विकासका लागि राज्यले सहयोग गर्छ

20.5k Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।

शनिबार काठमाडौंमा आइवार्ट नेपाल इन्टरनेसनल वुमेन्स फिल्म फेस्टिबल, २०२३ लाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकारले महिला चलचित्रकर्मीहरुलाई कसरी प्रर्वद्धन गर्ने भन्नेबारेमा विभिन्न हिसाबले सोचिरहेको बताइन् ।

उनले संविधानले महिलाको समावेशिताको विषय उठाएको र सबै क्षेत्रमा महिलाले विकास गर्दै गइरहेको पक्ष आफैँमा राम्रो भएको बताइन् । मन्त्री शर्माले राज्यले महिला चलचित्रकर्मीहरुलाई आवश्यक सहयोग गर्ने बताइन् ।

सम्बन्धित समाचार