कराते महासंघ ललितपुृरद्वारा सुपरस्टार खेलाडी सुरेन्द्रलाल श्रेष्ठ सम्मानित

17.5k Shares

ललितपुर । जापानमा भएको तेस्रो विश्व सितोरियो कराते च्याम्पियनसिपमा कास्य पदक विजेता, नेपालमा सम्पन्न आठौं साफ गेमका स्वर्णपदक विजेता सुपरस्टार खेलाडी सुरेन्द्रलाल श्रेष्ठलाई आज शनिबार विशेष सम्मान गरिएको छ ।

surendra.jpg
नेपाल कराते महासंघ ललितपुरले लगनखेल डोजोमा करातेका सुपरस्टार खेलाडी सुरेन्द्रलाल श्रेष्ठलाई सम्मानित गरेको हो । च्याम्पियन ग्लोबल करातेका अध्यक्ष एवम् एभरेष्ट सितोरियो कराते क्यानडाका प्रमुख प्रशिक्षक समेत रहनुभएका श्रेष्ठलाई कराते खेलमा पु¥याएको योगदान र विदेशमा रहेर पनि नेपाल र नेपाली खेलाडीहरुको मनोबल बढाउने कार्यमा सक्रिय रहँदै नेपालका दुर्गम गाउँहरुमा सितोरियो कराते खेल खेल्न इच्छुक आर्थिक स्थिति कम्जोर भएका खेलाडीहरुलाई पनि विदेशमै बसेर पनि सहयोग गर्दै आइरहेका श्रेष्ठले पु¥याएको योगदानको कदर गर्दै कराते महासंघ ललिपुरले बामती प्रदेश सभा सदस्य एवम् लगनखेल डोजोका संस्थापक माननीय मीनकृष्ण महर्जनको विशेष पहलमा श्रेष्ठलाई विशेष सम्मान गरिएको हो ।

surendra 3.jpg
सो सम्मान कार्यक्रममा सम्मानित अन्तर्राष्ट्रिय खेलाडी सुरेन्द्रलाल श्रेष्ठले नेपालमा कराते विकासका लागि आफूले सक्दो सहयोग गर्ने र विदेशी प्रशिक्षकहरु ल्याई आधुनकि तवरले खेलाडीहरुलाई प्रशिक्षण गराउने जानकारी गराएका थिए । 
त्यस्तै, सम्मानित कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व संविधान सभा सदस्य मदनबहादुर अमात्यले सुरेन्द्रलाल जस्ता खेलाडीहरुले नेपालको नाम विश्वसामु चिनाउने काम गरेको र यस्ता खेलाडीहरुको मनोबल बढाउन हरेक क्षेत्रबाट सहयोग पुराई यस्तै खेलाडीहरु उत्पादन गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै, विशेष अतिथि बागमती प्रदेश सभा सदस्य, राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष एवम् अन्तर्राष्ट्रिय खेलाडी समेत रहनुभएका मीनकृष्ण महर्जनले सम्मानित भएका सुरेन्द्रलाल श्रेष्ठजस्ता सुपरस्टार खेलाडी अहिलेसम्म नेपालमा नजन्मिएको र पछि पनि नजन्मने भन्दै खुलेरै प्रशंसा गरेका थिए । सुरेन्द्रलाल जहाँ खेल्न गए पनि उनले पदकबाट कहिले पनि बिमुख हुन नपरेको समेत माननीय महर्जनले सो कार्यक्रममा बताउनुका साथै मायाको चिनोसमेत सुरेन्द्रलाल श्रेष्ठलाई दिएका थिए ।
त्यसैगरी, सो कार्यक्रममा सम्मानित भएका सुरेन्द्रलाल श्रेष्ठलाई बधाई दिँदै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले खेलकुदले नै नेपालको नाम विश्वसामु चिनाउने भएकाले गोदावरी नगरपालिकाको तर्फबाट खेलकुदका लागि सधैं सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि नगरपालिकाले खेलकुदका लागि कुनै कन्चुस्याई नगरी लगानी गर्ने र खेलाडीहरुको मनजोबल बढाउने कार्य गर्दै जाने बताएका थिए । 
सो कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमान्त, विशेष अतिथिहरु बागमती प्रदेश सभा सदस्य, राखेपका पूर्व कोषाध्यक्ष तथा अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जन, ललितपुर महानरपालिकाका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, करातेका विष्मवितामहका रुपमा रहेका थानेश्वर राई, कराते महासंघका महासचिव दावा गुरुङलगायत करातेका हस्तीहरुको उपस्थितिमा साफ गेमका लगातार दुईवटा स्वर्र्ण पदकधारी तथा खेलाडी संघका अध्यक्षसमेत रहेका दिपक श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।

सम्बन्धित समाचार