भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

14.4k Shares

काठमाडौँ । भक्तपुरको लोकन्थलीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार साँझ मध्यपुर थिमी नगरपालिका–१ स्थित लोकन्थलीमा ना.७ ख ४७७४ नम्बरको तेल ट्यांकरले बा.७३ प २१६० नम्बरको मोटरसाइकललाई ठक्कर  दिँदा हरिशरण पुरी गम्भिर घाइते भएका थिए ।

सिन्धुपाल्चोक घर भएका ४१ वर्षीय हरिशरण पुरीको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

सम्बन्धित समाचार