चिसो र वर्षाले गाजामा मानवीय संकट

18.2k Shares

काठमाडौं । चिसो मौसम र वर्षाले गाजामा मानवीय संकट बढाएको छ । प्यालेस्टाइन–इजरायली द्वन्द्व ४० दिनभन्दा बढी चलिरहेका बेला धेरै गाजाका स्थानीयले आफ्ना परिवारका सदस्य र घर गुमाएका छन् । केही विस्थापित व्यक्तिहरू अस्थायी आश्रयमा बस्न बाध्य छन् । यसका साथै चिसो र वर्षाले उनीहरूको जनजीवन थप कष्टकर बनाएको छ ।

एक विस्थापितले त्रिपालले वर्षाबाट आफूहरूलाई जोगाउन नसक्ने बताए । उनले घरमा हुँदा कुनै समस्या नरहेको तर अहिले आफूले जीवन असुरक्षित महसुस गरेको बताए । वर्षा भइरहेको अवस्थामा गाजापट्टीमा कुनै सहायता नपाएको उनले गुनासो गरे । 

अर्का विस्थापित महिलाले वर्षा, चिसोको पीडा र बिजुलीको अभावमा जीवन कटाउनु परेको बताइन् । सबै पीडा एकैसाथ भोगिरहनु परेको तर कतैबाट सहयोग प्राप्त नभएको उनीहरूको गुनासो छ । 

सम्बन्धित समाचार