एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

2.9k Shares

काठमाडौं– राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारका लागि प्राप्त समर्थन र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै अब थप योगदान रोकिदिन अनुरोध गरेकी छन् ।

सावित्राले नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममा ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको जानकारी दिँदै वेलिंगटन फिनिक्सले बी मा रकममार्फत पनि सहयोग गरिरहेको बताइन् । 

उनले आफ्नो उपचार प्रक्रिया छिट्टै सुरु हुने विश्वास व्यक्त गर्दै पुनः नेपाल जर्सी लगाएर मैदानमा फर्किने प्रतिबद्धता व्यक्त गरिन्।

साम्बाले सोमबारमात्रै आफ्नो उपचारका लागि अनुनयविनय गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन् । उनको उक्त आग्रहसँगै सहयोगका हात अगाडि बढिरहेका छन् ।

सम्बन्धित समाचार