17.7k
Shares
रौतहट । रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले छठ पर्व गर्ने १५१ जना व्रतालुलाई लुगा कपडासहित व्रत सामग्री वितरण गरेका छन् । गरुडा–८ जिङगडियास्थित मंगलबार मेयरले स्थानीय व्रतालु महिलालाई छठ पर्वमा प्रयोग हुने सामाग्री वितरण गरेका हुन् ।
उनले आफू मेयरमा निर्वाचित हुनुअघि देखिनै व्रतालुलाई कपडासहित अन्य सामग्री वितरण गर्दै आएकाले अहिले पनि सोही कार्यलाई निरन्तरता दिएको बताए ।