19.3k
Shares
काठमाडौं ।कपिलवस्तु शिवराज नगरपालिका-९ बिजगौरी चोक बस्ने ३२ वर्षीय नर बहादुर ओलीलाई ३ थान भरूवा बन्दुकसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छc
ईलाका प्रहरी कार्यालय सुन्दरडाँडाबाट खटिएको प्रहरीले नर बहादुरको गोठ तलासी गर्दा गोठबाट १ थान र गोठ नजिक उनकै बारीमा २ थान भरूवा बन्दुक लुकाई राखेको अवस्थामा फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।