भाटभटेनीद्वारा भूकम्पपीडितका लागि १ हजार ६८० बोरा चालम सहयोग

17.7k Shares

काठमाडौँ । जाजरकोट जिल्लाका भूकम्पपीडितका लागि भाटभटेनी सुपरमार्केटले कूल मूल्य ३५ लाख रुपैयाँ बराबरको १ हजार ६८० बोरा चालम राहतस्वरुप प्रदान गरेको छ ।  क्षेत्रीय प्रबन्धक विनोद भट्टराईका अनुसार ४२ हजार किलो जिरा मसिनो चामल जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत भूकम्प पीडितलाई हस्तान्तरण गरिएको हो ।

भाटभटेनी  सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १ सय १ रुपैयाँ सहयोग पनि गरेका छन् ।

सम्बन्धित समाचार