बर्दघाट । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी र इलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्ने अभियानमा जुटेका छन् ।
अहिलेसम्म उनीहरूले कसैलाई तस्करीको लाइन दिएको जिल्लामा सुनिएको छैन । तर पनि पश्चिम नवलपरासीमा भने चोरी तस्करी नियन्त्रण होइन झनै बढेको छ । तस्करहरूले मातहतका थाना चौकी मिलाएर ठूलो मात्रामा चोरी तस्करी गरिरहेका छन् ।
केही दिन अघिसम्म भुजहवा नाकाबाट व्यापक तस्करी हँदै आएको थियो । यहाँको तस्करीको बारेमा सत्य तथ्य सहित समाचार प्रकाशित गरेपछि अहिले यो नाकाबाट हुने तस्करी रोकिएको छ । भुजहवा नाकाको तस्करी रोकिएपछि अहिले तस्करहरूले रामनगर नाका प्रयोग गरेर ठूलो तस्करी धन्दा चलाई रहेका छन् । स्थानीय नेपाल प्रहरीको चौकीको प्रमुखसँगको सेटिङमा यो नाकाबाट व्यापक तस्करी भैरहेको छ । नेपालतर्फ रामनगर नाका छ भने भारतीय क्षेत्रमा बलिनगर नाका पर्छ । यो नाकाबाट चोरी तस्करी गरेर ल्याएको एक ट्रक र एक पिकअप माछा प्रहरी चौकी रामनगरमा कार्यरत सिपाही गंगाराम यादवले पक्राउ गरे । यसैसाता उनले चौकीका प्रमुख असई पुरन केवट बिदा गएको बेला तस्करी गरी ल्याएको दुई गाडी माछा पक्राउ गरे । पक्राउ गरेपछि भिडियो पनि खिचे । माथिल्लो निकायमा पक्राउको रिपोर्टिङ पनि गरे तर उल्टो स्यावास र पुरस्कार दिनुपर्ने हवल्दारलाई उनको मोवाइल खोसेर उल्टो २४ घण्टा इलाका प्रहरी कार्यालय बेलाटारीमा थुन्ने काम गरियो । तर विडम्बना कस्तो भने उल्टो माछा भरि बोकेको लु ३ च ४३८३ नम्बरको पिकअप भगाउने काम प्रहरीले नै ग¥यो भने ट्याक्टर बिग्रेको कारण भगाउने अवस्था नभए पछि बाध्यताले पक्राउ गर्नुप¥यो । भुजहवा बदनाम भए पछि माछा व्यापारी जयनुल मामा भन्ने सनहूं पालले रामनगर नाकाबाट ठूलो तस्करी गर्दै आएको जिल्ला प्रहरी कार्यालयका एक सिनियर अधिकारीले जानकारी दिए । माछा बाहेक यो नाकाबाट कपडा र किराना सामाग्रीको पनि ठूलो तस्करी हँुदै आएको छ । सिपाही गंगाराम यादव रामनगर चौकी आउनु भन्दा पहिले प्रहरी चौकी बसैयामा कार्यरत थिए । त्यहाँ कार्यरत रहँदा मदिरा सेवन गरी सार्वजनिक कार्यक्रममा नाचेको आरोपमा त्यहाँबाट हटेर रामनगर पठाइएको थियो । रामनगर नाकाबाट तस्करी भएको सामान इप्रकाको बेलाटारी, सेमरीको मातहत हुदै बर्दघाट पुग्छ । माछाको क्यारिङ गर्ने अरू भए पनि लगानीकर्ता भने कपिलवस्तु गोरूसिंगेका बिश्व भनेर चिनिने मुसलमान र सद्दाम भएको खुलेको छ ।
कपिलवस्तु घर भएका असई पुरन केवटसँग विश्व मुसलमानको पहिलेदेखि नजिकको सम्बन्ध भएको कारण केवट रामनगर चौकी आएपछि उनले यसै नाकाबाट तस्करी शुरू गरेका हुन् । तस्करीको सामान रामनगरबाट सेमरीसम्मको स्कटिङ गर्ने काम असई केवटले गर्दै आएका छन् भने सेमरीले बर्दघाटसम्म स्कटिङ गर्ने गरेको समेत खुलेको छ । बेलाटारीको रेखदेख सोही इप्रकाका घुमुवा सहायक हवल्दार रमेश यादवले गर्दै आएका छन् । बेलाटारीका निरीक्षक श्याम प्रकाश यादवले सहायक हवल्दार रमेश यादवलाई घुमुवाको रूपमा परिचालन गरेका छन् । यी दुबै जना रूपन्देहीका हुन् ।