थप ४ हजार ५ सय २४ जना कोरोना संक्रमित

16.4k Shares
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना परीक्षण बढाउँदा संक्रमितको संख्या पनि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६ सय ८१ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा काठमाडौंमा मात्रै १६०२ललितपुरमा २४० र भक्तपुरमा १२४ जनामा संक्रमित थपिएका छन् ।
त्यस्तै, कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३ हजार १९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५५५ जना निको भएका छन् । बुधबारसम्म सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ ।
सम्बन्धित समाचार