काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’का लागि व्यवस्था गरेको अनलाइन आवेदन बन्द गरेको छ ।
कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण बढिरहेकाले उक्त सेवा बन्द गर्नुपरेको विभागले जनाएको छ । यसअघि महामारीबीच विभागले लाइसेन्सको परिक्षाका लागि अनलाइन आवेदन गर्ने व्यवस्था मिलाएको थियो ।
अर्को सूचना जारी नहुँदासम्मका लागि उक्त सेवा स्थगित गरिएको विभागले जनाएको छ ।