भूकम्प पीडितका लागि माओवादी उपत्यका प्रदेशले पठायो राहत

17.7k Shares

काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशले राहत पठाएको छ ।   गोङ्गबु नयाँ बसपार्क पुगेर सोमबार प्रदेश इन्चार्ज वर्षमान पुनले भूकम्प प्रभावित क्षेत्रका लागि राहत पठाएका हुन् ।

यस्तै सिरक, त्रिपाल र म्याट ४/४ सय थान तथा ४ सय क्विन्टल चामल,४ सय थान कम्बलसहित चाउचाउ र खाद्यान्न समेत पठाउन लागिएको पुनले जानकारी दिए । बुधबार वा बिहीबारसम्म राहत सामग्री प्रभावितका जिल्ला दैवी प्रकोप उद्धार समिति समक्ष पुग्ने गरी व्यवस्था मिलाइएको उनको भनाइ थियो । उनले प्रभावितहरू नियमित जीवनमा नफर्किँदासम्म पार्टी र सरकारका तर्फबाट राहत संकलन र वितरण जारी राखिने जानकारी दिए ।

सम्बन्धित समाचार