सत्तारुढ एमाले सांसदद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

18.4k Shares
पोखरा । सत्तारुढ दल नेकपा एमालेका सांसदहरूले पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेश सभाको जारी बैठक अवरुद्ध गरेका छन् ।
बैठक सुरु भएको केहीबेरमै एमाले सांसद राजीव पहारीले बोलेपछि अरु एमाले सांसदले उठेर विरोध गरेका थिए । सांसद राजीव पहारीले भने कोरोना भाइरसकिो दोस्रो चरण फैलिइरहेको छ । यो एकैचोटी ५०र६० जनामा सर्ने अवस्था छ । कास्कीले हिजोमात्रै निषेधाज्ञा जारी गरेको छ । गम्भीरतापूर्वक लिइयोस् ।
कोरोनाको संक्रमण दर तीव्ररूपमा फैलिएकोले परीक्षणपछि मात्र बैठक सञ्चालन गर्ने व्यवस्था मिलाउन उनीहरूले आग्रह गरेका छ्न् । सभामुख नेत्रनाथ अधिकारीले पटक पटक बस्न आग्रह गरेपनि एमाले सांसदले बस्न नमानेपछि बैठक २० मिनेटका लागि स्थगित गरेका हुन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा हिजोदेखि सदनमा छलफल चलिरहेको छ । प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान केही दिन पर धकेल्न एमाले सांसदले पीसीआर परीक्षणको माग गर्दै बैठक अवरुद्ध पारेका हुन् ।
अहिले पुन: प्रदेशसभा बैठक सुरु भइसकेको छ ।

 

सम्बन्धित समाचार