‘दिमाग खराब’ को सेन्सर पास, कात्तिक २४ गते बाट प्रदर्शनमा आउँदै

20.3k Shares

काठमाडौंँ ।  नायक तथा निर्देशक निश्चल बस्नेतको निर्देशनमा रहेको फिल्म ‘दिमाग खराब’ को सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले फिल्मको प्रशंसा गर्दै बिना काटछाट जस्ताको तस्तै पास गरेको निर्माता रौनक बिक्रम कँडेलले बताए । 

 फिल्म यही शुक्रबार (कात्तिक २४ गते) बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, सुमन कार्की, राजन खतिवडा, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जनलगायतको अभिनय रहेको फिल्म रौनक विक्रम कडेलले निर्माण गरेका हुन् ।  फिल्मका कार्यकारी निर्मातामा सुरजबम ठकुरी रहेका छन् । 

dimakha.jpg
सम्बन्धित समाचार