युरोप भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल जाजरकोट र रुकुम पश्चिम जादै

14.2k Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल  पूर्वनिर्धारित युरोप भ्रमण कार्यक्रम स्थगित गरेर भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । राष्ट्रपति पौडेलले कात्तिक २३ देखि   फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित  स्थगित गरेर मंगलबार भूकम्प प्रभावित क्षेत्रमा जान लागेका हुन् ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६।४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएका छन्।

जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ । यसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् । 

भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।

सम्बन्धित समाचार