काठमाडौं । बागमती प्रदेश सभा सदस्य माननीय मीनकृष्ण महर्जनले नेपालको राष्ट्रिय खेल कराते हुनुपर्ने भन्दै नेपाल सरकारलाई सुझाव दिएका छन् ।
सातदोबाटो स्थित कराते एकेडेमीमा भएको नेपालमा संचालन हुन लागेको ७ औं साउथ एसियन कराते च्याम्पियनसिपको लागि बागमती प्रदेश कराते च्याम्पियनसिपका प्रमुख अतिथि माननीय मीनकृष्ण महर्जनले करातेलाई राष्ट्रिय खेल हुनुपर्छ भन्दै सरकारलाई सुझाब दिएका थिए । माननीय महर्जनले कराते खेल नेपालको हरेक कुना काप्चामा खेलिने, आफ्नो आगनमा खेल्न मिल्ने, आफ्नो कोठामा समेत खेल्न मिल्ने खेल भएको कारण नेपालको राष्ट्रिय खेल कराते हुनु पर्ने भन्दै उनले सरकारलाई आग्रह गरेका थिए ।

केही महिना अगाडि मात्र चिनको हान्जाउमा सम्पन्न १९ एसियन गेममा कराते खेलबाट रजत पदक हासिल गरेर नेपाली खेलकुद जगतका प्रतिष्ठा जोगाएको सांसद महर्जनले बताए ।
सांसद महर्जनलाई खेलाडीहरुले खेलकुद जगतका भिष्मपितामहको रुपना मान्ने गर्छन् । सांसद महर्जन खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषद पुर्ब कोषाध्यक्ष तथा करातेका पुर्ब अन्तर्राष्ट्रिय खेलाडी हुनुका साथै अन्तर्राष्ट्रिय रेफ्री समेत भइसकेका व्यक्त हुन् ।