११ सयले घट्यो यो सातामा सुनको मूल्य

22.2k Shares

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा ११ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा १ लाख १५ हजार ९०० रुपैयाँ कायम भएको छ । यस्तै, गत शुक्रबार तोलामा १ लाख १६ हजार ४५० रहेको तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ३५० रुपैयाँ कायम छ ।


यो साता चाँदीको मूल्यमा समेत २५ रुपैयाँले गिरावट आएको छ । गत साताको शुक्रबार तोलामा १४ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार १३ सय ९० रुपैयाँ कायम छ ।

सम्बन्धित समाचार