एमाले मधेस प्रदेश कमिटीले भुकम्प पीडितलाई ३ लाख सहयोग गर्ने

20.8k Shares

बिरगञ्ज, १८ कार्तिक । नेकपा एमाले मधेस प्रदेशले भुकम्प पीडितका लागि ३ लाख सहयोग गर्ने भएको छ । 

गए राती जाजरकोटलाइ केन्द्रबिन्दु बनाएर गएको भुकम्प पीडितका लागि सहयोग स्वरूप तीन लाख सहयोग गर्ने भएको हो । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज मधेस प्रदेशका निर्वाचित पार्टी पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममार्फत सो घोषणा गरिएको हो । 

जाजरकोट रूकुम लगायतका जिल्लामा विनाशकारी भुकम्पबाट भएको जन र धनको क्षतीप्रति नेकपा एमाले मधेश प्रदेश कमिटी र सिंगो मधेश दुखी भएको पनि जनाएको छ ।

पीडितहरुको सहयोग र पुनः स्थापनाका लागि आज वीरगंजमा भएको नेकपा एमालेको मधेश प्रदेश स्तरीय विशेस कार्यक्रम मार्फत पार्टीका तर्फबाट रु ३ लाख सहयोग गर्ने निर्णय गरेको हो।

सम्बन्धित समाचार