16.6k
Shares
जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ८ स्थित बिगही खोला नजिकै ट्रयाक्टर पल्टिँदा घटनास्थलमै चालकको किचिएर मृत्यु भएको छ । प्रदेश २-०-००१ त १९६९ नम्बरको ट्रयाक्टर पल्टिँदा चालक पिपरा गाउँपालिका ६ का अन्दाजी ३५ वर्षीय रामगुलाम यादवको मृत्यु भएको हो ।
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको हुनसक्ने बताए । उनका अनुसार मृतकको शव पोस्टमार्टमका लागि जलेश्वर लगिएको छ भने थप अनुसन्धान भइरहेको छ ।