स्रोत नखुलेको नगद १६ लाख ५० हजार रूपैयाँसहित एक जना पक्राउ

15.7k Shares

काठमाडौं, १७ कात्तिक ।  नवलपरासी पश्चिम रामग्राम नगरपलिका-७ उजैनीबाट स्रोत नखुलेको नगद १६ लाख ५० हजार रुपैयाँसहित पाल्हिनन्दन गाउँपालिका-२ हरपुर बस्ने २५ वर्षीय ईमरान खानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले लु.९० प ७८८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक खानलाई झोलामा लुकाई ल्याएको उक्त रकम फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार