काठमाण्डाै – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इअरको क्यूआर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ ।
‘अब क्युआर गरि क्यास तिर्ने हैन, क्यास जित्ने !’ भन्ने नारासहित ल्याइएको यस योजनाले ग्राहकलाई डिजिटल माध्यममार्फत रमाइलो गर्ने मात्रै नभई पुरस्कार नै जित्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत ग्राहकले बजाजका आधिकारिक शोरुमहरू लगायत विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल र अन्य जहाँसुकै राखिएको भए पनि क्यूआर कोड स्क्यान गरी खेल खेल्न सक्नेछन् । हरेक दिन सहभागीमध्ये भाग्यशाली एक जना विजेताले स्मार्ट वाच जित्नेछन् । साथै बजाज खरिदकर्ताले अधिकतम १ लाख रुपैयाँसम्म नगद पुरस्कार तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर पनि पाउनेछन् । कम्पनीकाअनुसार अहिलेसम्म क्यूआर कोड मुख्यतः भुक्तानीका लागि प्रयोग हुँदै आएकोमा अब ग्राहकले त्यही माध्यमबाट नगद जित्ने नयाँ र उत्साहजनक अनुभव लिन सक्नेछन् ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले यसबारे भन्नुभयो, ‘डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै हामीले ग्राहकलाई नयाँ र रोचक अनुभव दिन खोजेका हौँ । क्यूआर स्क्यान गरेर नगद जित्ने अवसरले ग्राहकलाई थप उत्साहित बनाउने विश्वास लिएका छौँ ।’
बजाजको यो क्यूआर योजना देशभर रहेका बजाजका सबै आधिकारिक शोरुमहरूमा लागू हुनेछ । ग्राहकले क्यूआर कोड स्क्यान गरी सजिलै यस योजनामा सहभागी भई विभिन्न उपहारहरू जित्न सक्नेछन् ।
नयाँ वर्षको अवसरमा ल्याइएको यस योजनाले बजाज मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई थप उत्साह र ऊर्जा प्रदान गर्ने कम्पनीको विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ ।