18.5k
Shares
तेलंगाना । तेलंगानाको सत्तारुढ पार्टी भारत राष्ट्र समिति (बीआरएस) का सांसद कोटा प्रभाकर रेड्डीमाथि सोमबार विधानसभा चुनाव प्रचारका दौरान एक अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका छन् । रेड्डीलाई पार्टीको दुब्बक विधानसभा सीटबाट टिकट दिइएको छ ।
प्रहरीका अनुसार सिद्दीपेट जिल्लामा चुनाव प्रचारका दौरान उनीमाथि हमला भएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार रेड्डीको पेटमा चोट लागेको छ । उनलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था स्थिर रहेको छ । प्रहरीलाई उद्धृत गर्दै पीटीआईले रेड्डीले जिल्लाको दौलताबन्द मन्डलमा चुनाव प्रचार गरिरहेको बेला उनीमाथि चक्कु प्रहार भएको थियो । तेलंगानामा ३० नोभेम्बरमा विधानसभा चुनाव हुँदैछ ।