17.1k
Shares
काठमाडौँ । सोमबार एकैपटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ । दुई वटै समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
ललितपुर ग्वार्कोस्थित फ्लाई ओभर, कालिमाटीस्थित विष्णुमती खोलामा निर्माण सम्पन्न भई सञ्चालनमा नरहेको पुल र चक्रपथ बिस्तार आयोजना अन्तर्गतको कलङ्कीदेखि वसुन्धरा क्षेत्रको स्थलगत निरीक्षणका बारेमा छलफल हुनेछ । यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल हुनेछ ।