त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको फाइनलमा युएईले पायो १६३ रनको लक्ष्य

17.3k Shares

काठमाडौँ,१० कार्तिक। त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको फाइनलमा आयोजक राष्ट्र नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई जितका लागि एक सय ६३ रनको लक्ष्य दिएको छ । खेलको आक्रामक सुरुआत गरेका नेपाली ब्याट्सम्यानले पछिसम्म त्यसलाई निरन्तरता दिन सकेनन् ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६२ रन बनाएको हो । अन्तिम ओभरमा समेत नेपालले गतिलो रन बटुल्न सकेनन् । नेपालले अन्तिम ओभरमा दुई रन मात्र बनायो । 


करण केसी २३ रन बनाउँदै अविजित रहे । उनले १७ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । अविनाश बोहरा शून्य रनमा अविजित रहे । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ५० रनको योगदान गरे । 

निकट भविष्यमा नेपालमै आयोजना हुने टी—२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृंखला खेलिएको हो ।

सम्बन्धित समाचार