आईसीसी एकदिवसीय विश्वकप : बंगलादेशविरुद्ध दक्षिण अफ्रिकाको सहज जित

15.6k Shares

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेशविरुद्ध १४९ रनको सहज जित निकालेको छ । मंगलबार वान्खडे रंगशालामा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३८३ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४६.४ ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाउन सक्यो ।

बंगलादेशका महमुदिल्लाहले १११ रन बनाए पनि टिमको हार टार्न सकेनन् । लिटोन दासले २२, नसुम अहमेदले १९, हसन मह्मुदले १५ रन जोडे ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३८२ रनको योगफल बनाएको थियो ।

दक्षिण अफ्रिका क्विन्टन डी ककले १७४ रन बनाएका थिए । यसबाहेक हेइन्रिक क्लासेनले ९० र कप्तान आइडेन मार्करमले ६० रनको योगदान गरेका थिए ।

जितसँगै पाँच खेलबाट आठ अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा उक्लिएको छ । समान अंकको न्युजिल्यान्ड तेस्रो स्थानमा झरेको छ । समान खेलबाट सतप्रतिशत जित भारत शीर्षस्थानमा छ । दुई अंक जोडेको बंगलादेश भने तालिकाको पुछारमा छ ।

सम्बन्धित समाचार