पेस्तोल र ३ राउण्ड गोलीसहित एक जना पक्राउ

15.7k Shares

मोरङ । धनपालथान गाउँपालिका–२ पैठाबाट कटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित एक जना पक्राउ परेका छन् ।  सर्लाही हरिपुर्वा नगरपालिका७ बस्ने २७ वर्षीय रबिन्द्र कुमार यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । 


प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरीले उक्त स्थानमा पार्किङ गरी राखेको बिआर ०६ पिए १३६२ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीको ड्यासबोर्डभित्र लुकाई राखेको उक्त पेस्तोल र गोली फेला पारी गाडीका चालक यादवलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 

सम्बन्धित समाचार