धनगढी पुगेर प्रचण्डले भने– कांग्रेस पार्टी हो कि मोर्चा?

19k Shares

काठमाडौं, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस पार्टी हो कि मञ्च भनेर बुझ्न नसकिएको बताएका छन्। 

धनगढीमा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेसबारे प्रष्ट हुन नसकेको टिप्पणी गरे।

उनले नेकपा एमालेभित्र पहिलोपटक ठूला चिरा परेको पनि बताए। 'पहिलोचोटी एमालेभित्र ठूल्ठूला चिरा परेको देखिएको छ। राम्रो बुद्धि पुर्‍याउने हो भने त्यसलाई राम्रोसँग सदुपयोग गर्ने सम्भावना बढी छ,' उनले भने।

यसका साथै उनले भ्रष्टाचारका सबै फाइल मिलाएर खोलिरहेको दाबीसमेत गरेका छन्।


 

सम्बन्धित समाचार