लुम्बिनी अस्पतालमा तीनजना संक्रमितको मृत्यु

16.7k Shares

बुटवल । कोरोना संक्रमणबाट लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार बिहान ३ जनाको मृत्यु भएको छ ।
सो अस्पतालका सूचना अधिकृत डा. विष्णु गौतमले हस्ताक्षर गरेको पत्रमा  कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएकी अर्घाखाँची, मालारानी  गाउँपालिका–५ की  ७९ वर्षीय महिलाको बिहान पौने ८ बजेको समयमा  मृत्यु भएको हो । उनी ज्वरो र दमको समस्याका कारण सो अस्पतालमा  चैत २७ गते भर्ना भएकी थिइन् ।
सोमबार बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीय महिला र कपिलवस्तुको बाणगङ्गा नगरपालिका–३ का ७९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको सो अस्पतालले जनाएको छ ।
 

सम्बन्धित समाचार