कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य

17.4k Shares

सुर्खेत, २३ असोज । कर्णाली प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। चालु अधिवेशनको बैठकले कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरेको छ । दुईवटा विधेयक पारित गरेको चालु अधिवेशन अन्त्य गरिएको हो । 


प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण गरेसँगै कर्णाली प्रदेश प्रतिष्ठान विधेयक लागु भइसकेको छ भने निजामती कर्मचारी विधेयक भने प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइएको छ। गत १० जेठदेखि सुरु भएको सो अधिवेशनमा ३९ बैठक बसेको सभामुख नन्द गुरुङले जानकारी दिए। 
 

सम्बन्धित समाचार