बल्खुबाट बैंकिङ कसुरमा फरार व्यक्ति पक्राउ

17.6k Shares

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा कैद जरिवाना तोकी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ घर भई हाल काठमाडौँको कीर्तिपुर–६ पाँगा बस्ने ३२ वर्षीय राजु थापा रहेका छन् । गत असार ३ गते उच्च अदालत पाटनबाट थापालाई ५ लाख बिगो, ५ लाख जरिवाना, र क्षतिपूर्ति बापत २० हजार राहत कोषमा जम्मा गराई दुई दिन कैद हुन ठहर भएको थियो । 

त्यसपछि फरार रहेका उनलाई सोमबार काठमाडौँको बल्खुबाट पक्राउ गरिएको थियो ।

सम्बन्धित समाचार