देशका कतिपय विद्यालयमा आज पठनपाठन प्रभावित

6.5k Shares

काठमाण्डाै – नेकपा बहुमत निकट विद्यार्थी सङ्गठनको शैक्षिक हडतालका कारण आज काठमाण्डौ उपत्यकासहित देशका कतिपय विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।

बिहान स्कूल पुगेका विद्यार्थीहरू पढाइ नभएपछि घर फर्किएका छन् । विशेषगरी निजी विद्यालयमा पठनपाठन हुन सकेन । बन्दको प्रभाव नभएका केही विद्यालयमा भने पठनपाठन भएको छ ।

नेकपा बहुमतको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने माग राखेर देशभर एकदिने शैक्षिक हडताल गरेको जनाएको छ ।

सम्बन्धित समाचार