झापाबाट भूमि आयोगका ३ जना कर्मचारी नियन्त्रणमा

17.8k Shares

काठमाडौँ । राष्ट्रिय भूमि आयोगको ३ जना कर्मचारीलाई प्रहरीले झापाबाट नियन्त्रणमा लिएको छ  । झापाको हल्दिबारीबाट करारमा कार्यरत ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हाे। कर्मचारीहरुले हाल्दिबारी वडा नम्बर–१ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार लिएको आरोप छ । 

पक्राउ पर्नेहरूमा जुम्लाको सिजा गाउँपालिका घर भएका २३ वर्षीय मोहन नेपाल, दोलखाका २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका–८ घर भएका २३ वर्षीय कमल खनाल छन् । 

सम्बन्धित समाचार