बलात्कार आरोपमा मोरङबाट युवक पक्राउ

19k Shares

मोरङ । मोरङमा बलात्कार आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय करण सरदा छन् । करणले २१ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।

आइतबार साँझ प्रहरी चौकी गछियाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आफ्नै घरमा सुतिरहेको अवस्थामा युवकले आफूलाई बलात्कार गरेको पीडित किशोरीको आरोप छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार