मेक्सिको बस दुर्घटनामा १८ को मृत्यु, २७ जना घाइते

17.1k Shares

मेक्सिको । मेक्सिकोको ओक्साका राज्यमा शुक्रबार भएको बस दुर्घटनामा १८ जनाको मुत्यु भएको छ। मृत्यु हुनेमध्ये अधिकांश आप्रवासी रहेको समेत अधिकारीले खुलाएका छन् ।  दुर्घटनामा घाइते २७ जनालाई उपचारका लागि नजिकैका अस्ततालहरूमा पुर्‍याइएको छ ।  

अधिकारीहरूले सामाजिक सञ्जालमा गरेका पोष्ट तथा सीएनएनबाट प्राप्त जानकारीअनुसार पहाडी ओक्साका– कुआकनोपालन राजमार्गको घुमाउरो खण्डमा बस पल्टिएको र ठूलो क्षति भएको पुष्टि भएको छ । स्थानीय समयअनुसार बिहान पाँच बजे भएको दुर्घटनाको अनुसन्धान भइरहेको छ । 

 

सम्बन्धित समाचार