चापागाउँमा संचालित फुड बैंकलाई जापान र गोनपा महिला संघद्वारा दुई लाख सहयोग

20.4k Shares

ललितपुर । विश्वमा महामारी फैलिएको कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने, निम्न वर्ग, असहायलाई लक्षित गरी दुई हप्ता अगाडि गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँमा तरुण दलद्वारा सञ्चालित ‘फुड बैंक’ कार्यक्रमलाई झण्डै दुई लाख रुपैयाँ सहयोग आएको छ ।
जापानमा बस्ने नेपालीहरुले एक लाख २७ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको सो ‘फुड बैंक’ कार्यक्रम संचालनलाई पहल गरेका मीन कृष्ण महर्जनले बताएका छन् । त्यस्तै, गोदावरी नगरपालिका महिला संघले पनि ६० हजार रुपैयाँ सहयोग गरेको छ । 
गोदावरी नगरपालिका महिला संघकी अध्यक्ष तथा उपमेयर मुना अधिकारीको पहलमा सो रकम सहयोग गरिएको हो । 
विश्वभर महामारी फैलिएको कोरोना भाइरसका कारण दिनभर ज्यालादारी गरेर दुई छाक खाने मजदुरहरुलाई दैनिक जिविको पार्जन गर्न कठिन बनिरहेको अवस्थामा ती मजदुर दाजु भाइ, दिदी बहीनीले रोगले भन्दा पनि भोकले मर्न नपरोस् भनेर जापानबाट विकास श्रेष्ठ, रञ्जीत महर्जन (ओन लाइफ ओन ड्रिम) टीम जापानको संयुक्त पहलमा गोदावरी नगरपालिकाको चापागाउँमा संचालित फुड बैंकको लागि सहयोग रकम उठाई आज पठाइएको हो ।
आगामी दिनमा पनि चापागाउँका मजदुरहरुलाई मात्रै होइन देशी भरीका मजदुरहरुलाई सहयोग गर्ने प्रतिबद्धता सो टिमले गरेको छ र यस्तो कार्य गर्न पाउँदा आफुहरुलाई गर्व महसुस भएको रुपेन्द्र महर्जनले खोजतलासलाई बताएका छन् । 

सम्बन्धित समाचार